नेपालगञ्ज महोत्सवमा अनमोलको क्रेज

नेपालगञ्ज महोत्सवमा अनमोलको क्रेज


अनमोल केसीको फिल्म ‘क्याप्टेन’ को प्रचार प्रसार सुरु भएको छ । यति बेला अनमोल फिल्म क्याप्टेनको प्रचार प्रसारमा निकै व्यस्त छन् ।

प्रचारकै लागि उनी आईतबार नेपालगञ्ज पुगेका थिए । नेपालगञ्जमा आयोजित व्यापार एंव पर्यटक महोत्सव २०७५ मा उनी पुगेका हुन् । त्यहाँ अनमोललाई हेर्न हजारौं दर्शकहरुको भीड लागेको थियो । अनमोलले स्टेजबाट क्याप्टेनमा समाबेश हिट गीत ‘रहर छ सँगै’ गाएर दर्शकलाई भरपुर मनोरञ्जनको साथै उनले केही डान्स स्टेप समेत देखाएका थिए ।

दीवाकर भट्टराई निर्देशित फिल्ममा अनमोल केसीसँगै उपासना सिंह ठकुरी, विल्सन बिक्रम राई, राजाराम पौडेल, सुनिल थापा, सरोज खनाल, बद्धि तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, नवराज उप्रेतीको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

क्याप्टेन फागुन १७ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।

Logo