#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31674786972593743998223262211
नेपाल666324291814248061

संघीय सरकारको हस्तक्षेप भन्दै प्रदेश २ ले लाइसेन्स फर्म भराएन

काठमाडौं

संघीय सरकारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश–२ सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलाउन अस्वीकार गरेको छ । यातायात व्यवस्था विभागले आइतबार देखि देशभरका यातायात व्यवस्था कार्यालयबाट दुई तथा चारपाङ्ग्रेको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको थियो । अन्य प्रदेशमा लाइसेन्सका आवेदन खुले पनि प्रदेश २ मा भने खुलेको छैन ।

प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयले साउन १० गते याताययात व्यवस्था विभागलाई पत्र लेख्दै आफ्नो सीमा भित्र रहेका यातायात व्यवस्था कार्यालयहरू आफ्नो मातहतमा आएको भन्दै मन्त्रालयसँग समन्वय गर्न विभागलाई भनेको छ । प्रदेश मन्त्रालयले उक्त पत्र मुख्यमन्त्रीको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारलाई समेत बोधार्थ दिएको छ ।

कार्यालय सञ्चालन सम्बन्धमा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ ले पठाएको पत्रमा भनिएको छ– ‘विगतमा विभाग माताहत सञ्चालन भइरहेको यस प्रदेश नं २ अन्तर्गत पर्ने यातायात व्यवस्था कार्यालयहरू प्रदेश सरकार अन्तर्गत यस मन्त्रालय माताहत आइसकेकाले तहाँ विभाग अन्तर्गत सञ्चालन भइरहेको सवारी चालक अनुमतिपत्रको लागि भरिने अनलाइन फारम लगायत सवारी चालक अनुमतिपत्र र सवारीसँग सम्बन्धित यातायात कार्यालयहरूबाट सम्पादन गर्ने सम्पूर्ण कार्यहरू यस प्रदेश सरकार तथा यस मन्त्रालयसँग समन्वय गरी गर्नु गराउनु हुने आदेश अनुसार अनुरोध छ ।’
कारोबारबाट

सम्बन्धित समाचारहरु