युनिभर्सलको आइपीओमा न्यून आवेदन

युनिभर्सलको आइपीओमा न्यून आवेदन


युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आईपिओमा न्यून मात्रामा आवेदन परेको छ।

आवेदन खुलेको दोश्रो दिनसम्ममा जम्मा ३३ लाख ९ हजार २४० कित्ताको लागि आवेदन परेको छ । सेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार दोस्रो दिनसम्म करिब साढे ३८ हजार मात्रै आवेदन परेको छ ।

यो कम्पनीको आइपीओमा मागको तुलनामा ३८.१४ प्रतिशत मात्र आवेदन परेको हो । पहिलो दिन ११ प्रतिशतको हाराहारीमा आवेदन परेको थियो । सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको कित्ताको तुलनामा आवेदन परेको  यो कित्ता ३८.१४ प्रतिशत मात्र हो ।

कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्मको म्याद तोकिएको छ । यस अनुसार कम्पनीको आइपीओमा आवेदन दिने पहिलो म्याद भोलि सकिदै छ । पहिलो म्याद भित्र आवश्यक आवेदन नपर्ने देखिन्छ।

यसअघि यो कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म आयोजना प्रभावित दोलखाबासीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर निश्कासन गरेको थियो । यो समयभित्र न्यून कित्ताका लागि मात्र आवेदन परेपछि बिक्री प्रबन्धकले माघ १३ गतेसम्मको अवधि थपेको थियो । तर, समय थप्दा समेत आवेदन परेन र १७ लाख ६६ हजार १५० कित्ता बिक्री भएको थिएन ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ ।

Logo