कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने भन्ने विवादको टुंगो लगाउने बारेमा छलफल हुने बताइएको छ ।

गत बुधवार र बिहीबार बसेको बैठकमा सदस्यहरु दुई खेमामा बिभाजित भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । गत पुस पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने प्रावधान राख्ने प्रतिबद्धता आए पनि केन्द्रीय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन सकेको छैन ।

महासमितिबाट पारित भएको विधान, संशोधनसहित अनुमोदनको एजेण्डासहित बोलाइएको केन्द्रीय समिति पुनः पुरानै बिषयमा अल्झिएको छ ।

Skip This
Logo