धनगढीस्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको हो । "/>

डीपीएल: काठमाडौं किंग्सलाई १३३ रनको लक्ष्य

डीपीएल: काठमाडौं किंग्सलाई १३३ रनको लक्ष्य


धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं किंग्सलाई १३३ रनको चुनौती दिएको छ ।

धनगढीस्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको हो । धनगढीको ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए भने अर्का ओपनर सुनील धमला तीन रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटकालागि अमित श्रेष्ठ र रन्दिप रजाली विच अर्धशतकिय साझेदारी हुँदा धनगढीको टिम केहि सम्हालिएको थियो । तर सन्दिप २८ रनमा ललित राजवंशीको बलमा आउट भएपछि घरेलु टिमले ५८ रनमा तेस्रो विकेट गुमायो । त्यसछि क्रिजमा आएका पवन सराफ पनि मात्र १९ रनमा आउट भएपछि एक सय एक रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसपछि उसको स्कोर एक सय १५ रन हुँदा अर्धसतक बनाएका अमित श्रेष्ठ पेभेलियन फर्किए । उनी यो सिजनको डिपीएलको पहिलो खेलमा नै अर्धशतक बनाउन सफल भए ।

Logo