#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32447315988230750992423949161
नेपाल693014531843750411

मुलुकी ऐन कार्यान्वयनको तयारी पूरा

काठमाडौं

आगामी भदौ १ गते देखि लागू हुन लागेको मुलुकी देवानी र मुुलुकी अपराध संहिता लागू गर्ने पूर्ण तयारी भएको महान्यायाधिक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा भदौ १ गते देखि लागू हुने मुलुकी देवानी (संहिता) , २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ लागू गर्ने तयारी पूरा भएको जानकारी दिएको हो ।

गृह मन्त्रालय, सरकारी वकिल कार्यालय, नेपाल प्रहरी, सरकारी वकिलका बीचमा सोमबार भएको छलफलमा सो ऐनहरु लागू गर्ने विषयमा आ–आफ्नो ठाउँबाट कार्यान्वयनका लागि तयारी भएको हो । महान्यायाधिवक्ता अग्नि खरेलले सातै प्रदेशमा आवश्यक तालीम पूरा भएको, कानून कार्यान्वयन गर्ने निकायहरुबीच पनि तालीम र तयारी भएको जानकारी दिए ।

निकै छलफल गरेर कानून बनाइएको र पारिवारिक, आर्थिक, सामाजिक, मुलुकको शान्ति सुरक्षासँग जोडिएको कानून मुलुकी ऐन नै हो । वि.सं १९१० मा बनेको र २०२० सालमा संशोधन भएर ५५ वर्ष सम्म लगातार जनताको मूल कानूनका रुपमा मुलुकी ऐनले काम गर्दै आएको छ ।

महान्यायाधिवक्ता खरेलका अनुसार लागू गर्नु भन्दा अगाडि नै करिब ५० वटा जति कानूनी व्यवस्था तत्काल संशोधन गर्नु पर्ने जरुरी छ । भदौ एक गते देखि लागू हुने ऐनमा ७५ प्रतिशत कैदी म्याद भूक्तान गर्नुपर्ने व्यवस्था छ । त्यसलाई ५० प्रतिशत भूक्तान गर्नुपर्ने व्यवस्था गर्नुपर्ने लगायतका संशोधन गर्नु पर्नेछ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार