दिदिले नै गरिन् जग्गा कब्जा, भाञ्जाद्धारा माईजुमाथि बलात्कार गर्ने धम्की (भिडियोमा)

दिदिले नै गरिन् जग्गा कब्जा, भाञ्जाद्धारा माईजुमाथि बलात्कार गर्ने धम्की (भिडियोमा)


काठमाडौं । सिन्धुलीमा श्रीमान-श्रीमती नै हिंसाको शिकार बनेका छन् । सिन्धुली जिल्ला कमलामाई नगरपालिका ६ का कृष्णहरि खड्का र उनकी श्रीमती कल्पना बस्नेत (खड्का) हिंसामा परेका हुन् । कल्पनाले आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पीडित भएको भन्दै राज्यसँग न्याय तथा जीवन रक्षाको माग गरेकी छन् ।

आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पटक–पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अश्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षाेदेखि यातना दिँदै आएको आरोप लगाएकी छिन् ।

भाञ्जा अनिश थापाले कल्पनामाथि पटक पटक बलात्कारको प्रयास गर्ने गरेको, कुटपिट गर्ने गरेको तथा अश्लिल गालीगलौज गर्दै आएको कल्पनाको भनाई छ । काठमाडौंमा बस्दै आएका उनी केही दिन पहिला आफ्नो पुख्र्यौली घर सिन्धुली गएकी थिईन् । घरमा जाने बेला भाञ्जा अनिशले बाटोमा हातपात गर्नुका साथै शरीरका विभिन्न अंगहरु समाएका थिए ।

प्रतिकार गर्न खोज्दा उनीमाथि निर्घात कुटपिट गरे । करिब आधा घण्टाको कुटाईपछि उनको माईती घरको मम्मी तथा स्थानीयको सहयोगमा उद्दार गरियो । उद्दार गरिएर उनी सिन्धुली जिल्ला अस्पतालमा उपचारको लागि भर्ना भईन् । अस्पतालले काठमाडौं रेफर गरेको थियो । कुटपिटपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत गर्न दिईन् ।

प्रहरीहरु दर्ता गर्नुको साटो ‘तिमिहरुको घरमा लाश छ । जहिले मरेको भन्ने खबर आउँछ । त्यो दिन शव उठाउन मात्रै जानु भन्ने आदेश दिएको छ’ भन्दै पञ्छिने गरेको उनको भनाई छ ।

भाञ्जा अनिष नै नरपिचास बनेपछि…
आफ्नै श्रीमानका दिदिको छोरा अनिश उनको लागि नरपिचास बनेका छन् । पैसा तथा पावरको आडमा उनीमाथि गिद्धेनजर लगाउँदैं आएका छन् । अनिशले बेला-बेला उनलाई शारीरिक सम्पर्क राख्नको लागि म्यासेज पनि गर्छन् ।

आफ्नै आमा समान माईजुमाथि उनी विगत ६ वर्षदेखि गिद्धे नजर लगाउँदैं आएका हुन् । अनिश माईजु कल्पनालाई बेला–बेला म्यासेज मार्फत नांगो भिडियो तथा तस्बिरहरु पठाउन भन्छन् । नपठाए ‘तेरो बलात्कार गरेर मार्छु अनि जेल जान्छु’ भन्दै धम्की समेत दिन्छन् ।

यतिमात्र कहाँ होर मामा कृष्णहरिलाई प्रत्यक्ष नै भेटेर ‘एकपटक माईजुसँग शारीरिक सम्पर्क नराखी त छोड्दिन’ भन्दै चेतावनी दिन्छन् । तर कृष्णहरि पैसा तथा पावरका अगाडि केही बोल्न तथा गर्न सक्दैनन् । केही विकल्प नदेखेपछि उनीहरु आफ्नै दिदि भिनाजु तथा भाञ्जाका यातना सहदैं आएका छन् ।

दिदी तथा भिजानु पनि नरपिचास नैः
आफ्नै दिदिका श्रीमान दुर्गा बहादुर थापा पनि सालो कृष्णहरिको लागि दानव नै बनेका छन् । श्रीमतीमाथि दुर्गा बहादुर पनि गिद्धे नजर लगाउँदैं आएका छन् । उनी कल्पनालाई मारेर वेपत्ता पार्ने धम्की दिदैं आएका छन् । नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमिका थापा परिवारको सिन्धुलीमा राम्रै चल्छ । उनीहरुका अगाडि कोही केही पनि बोल्न सक्दैनन् ।

आफ्नै दिदी पनि भाई तथा बुहारीको लागि सैतान भन्दा कम छैनन् । उनी आफुले दावी गर्दै आएको सम्पत्ति छोडेमात्रै ज्यान बच्ने धम्की दिन्छन् । नत्र जुनसुकै बेला पनि भाई बुहारीलाई नै मारेर गायव गरिदिने धम्की दिदि निरु कुमारी खड्का थापाले पटक पटक दिदैं आएकी छन् । त्यसैले दुवै श्रीमान श्रीमती कतिबेला मार्छन भन्ने डरले नै बाँचिरहेका छन् ।

किन भए उनीहरु दिदि, भिनाजु तथा भाञ्जाबाट पीडित ?
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रुदै कल्पनाले भनिन्, ‘मेरो ससुरा बुवा हरि बहादुर खड्काको २०६७ सालमा मृत्यु भईसकेपछि ससुरा बुवाको नाममा काठमाडौको सानो भर्‍याङमा रहेको साढे ३ तलाको घर तथा सिन्धुलीमा रहेको करोडौं मुल्य पर्ने जग्गा र घर आफ्नी सासुआमालाई ललाईफकाई दिदिहरुमध्ये माईली आमाजु निरु कुमारी खड्का थापाले २०७१ सालमा सिन्धुली जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा दर्ता गराउनुभयो ।’

आफ्ना श्रीमान कृष्णहरि खड्कालाई भिनाजुहरुले बन्धक बनाईराखेको समयमा जग्गा पास गराई सम्पत्ति हडपे । आफू र आफ्नो श्रीमानलाई बिभिन्न समयमा मार्ने तथा बलात्कार गरेर फाल्नेसम्मको धम्की जेठी दिदि (गीता थापा) को छोरा अनिश थापाले दिँदै आएका छन् ।

मागी बिवाह भएको तथा बिवाहपश्चात् भाई तथा बुहारीले सम्पुर्ण सम्पत्ति खाने भए भन्ने सोचका कारण आमाजु–दिदिहरुले बिवाह भएको छोटा समयदेखि नै बिभिन्न आरोप तथा यातना दिनेजस्ता कार्यहरु गरिएको र सहँदै आएका छौं ।

आमाजु दिदिका छोरा अनिशले मेरो संबेदनशील अंग छुने तथा बलात्कारको प्रयासजस्ता यथेष्ठ प्रमाण हुँदाहुँदैं पनि प्रहरी प्रशासनले पहिला घट्नाको बारेमा कुनै जानकारी लिन मानेन र पछि जिल्ला प्रहरी कार्यालयको परिसरभित्रै धर्ना बसेको तीन दिनपश्चात् प्रहरीले जाहेरी दर्तासम्म गरेको थियो ।

भान्जा तथा भिनाजुहरुले आफूलाई नाङ्गो फोटो पठाउने गरेको र आफूलाई बलात्कार गरेर लाशपनि नभेटाउने ठाँउमा फाल्नेजस्ता कुरा लेखेर पठाउने गरेका छन् । ‘तेरो बुवालाई पनि मारियो के गर्न सकिस ? अब मर्ने पालो तेरो हो’ भनेर धम्काउनेजस्ता गतिबिधि बढेकाले सरकारसमक्ष प्राण रक्षासहितको आशामा संञ्चार माध्यममा बाध्य भएर आएकी हुँ ।

उनले आफुलाई भाञ्जा तथा भिनाजुले नांगो फोटोहरु पठाउन भन्दै गरेको म्यासेज पनि सुरक्षित रहेको बताएकी छन् । पत्रकार सम्मेलनमा समेत उनले उक्त म्यासेजहरु देखाएकी थिईन् ।

कसैले पनि न्याय दिन सकेनः
आफु न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला अधिकार आयोग, महिला पुनःस्थापना केन्द्र (ओरेक), ‘ल्याक’, प्रहरी प्रधान कार्यालय, क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, अञ्चल प्रहरी कार्यालय जनकपुर र बिभिन्न मन्त्रालयपनि धाईसकेको उनको भनाई छ । प्रहरीले प्रतिबादीलाई पक्राउ गर्दा भोलि उ छुटेर जाँदा तपाईहरुलाई नै अप्ठेरो पर्न जानसक्ने हुने भएका कारण घट्नालाई मिलापत्र गर्न मात्र सुझाउने गरेको पनि उनको भनाई रहेको छ ।

उनले आफ्नो बुवाको हत्यामा पनि थापा परिवारको संलग्नता रहेको आरोप लगाईन् । उनले भनिन्, ‘अहिले त उनीहरुले मेरो पनि बुवाकोजस्तै हालत बनाई दिने धाक दिने गरेका छन् ।’ केही वर्षपछि पहिले कल्पनाको बाबुको हत्या गरिएको थियो । बाबुको हत्या गर्ने पनि थापा परिवारकै भएको तर पैसाको भरमा ६ महिना हिरासतमा बसेर छुटेको बताईन् ।

कार्यक्रममा बस्नेतका पति कृष्णहरि खड्काले आफुहरुले लामो समयदेखि मानसिक तथा शारिरिक यातना भोग्दै आएको बताए । ‘म र मेरी श्रीमतीमाथि भौतिक आक्रमण भएको र आफ्न्तहरुबाट नै ज्यान मार्ने प्रयास भैरहेको छ । हामी त अहिले त्रासको वातावरणमा बाँचिरहेका छौं ।’

राजनैतिक शक्ति र पैसाको आडमा आफ्ना दिदि–भिनाजुहरुले आफुलाई मार्न खोजेको उनको भनाई छ । आफुले छोरोको हैसियतबाट पाउनुपर्ने अंशको लागि जिल्ला अदालत सिन्धुलीमा २०७१ सालमा हकदाबीको मुद्धा दायर गरेको बताए । जिल्ला अदालतबाट आफुहरुले मुद्दा हारेपछि उच्च अदालत गएको र त्यहाँबाट हाम्रो पक्षमा फैसला भएपछि आफ्नो ज्यानको पछि लागेको उनीहरुको भनाई छ ।

अहिले मुद्दा उच्च अदालत हुँदैं सर्वाेच्च अदालतमा बिचराधिन छ । प्रहरीले केही नगर्दा थापा परिवारको अपराधिक मनोवल उच्च भएको उनीहरुको भनाई छ ।

Logo