सरकारी डाक्टरमाथि प्रहरीको लाठीचार्ज, २० भन्दा बढी पक्राउ

सरकारी डाक्टरमाथि प्रहरीको लाठीचार्ज, २० भन्दा बढी पक्राउ


काठमाडौ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाउँदैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरिएको हो । उनीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार आइतबार मन्त्रालयमा घेराउ गर्न गएका उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तल्लामा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

कर्मचारी समायोजनको विषयलाई लिएर मन्त्रालयसित पहिले नै सम्झौता भएपनि त्यसलाई कार्यान्वयन नगरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

Logo