#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33010149997383766967924343087
नेपाल718214671834153013

आज नेपालले नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

काठमाडौँ

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार (आज) पहिलो खेल खेल्दैछ ।
नेपाली समयानुसार आज दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो । नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् ।

पारससँगै नेपाली टोलीमा इन्डिनय प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछाने समेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाए यता खेल्न लागेको यो पहिलो अवसर हो । यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेलयात्राबाट सन्यास लिँदैछन् ।
रासस

सम्बन्धित समाचारहरु