‘ए मेरो हजुर ३’ टिजरमा रोमान्टिक अनमोल र सुहाना

‘ए मेरो हजुर ३’ टिजरमा रोमान्टिक अनमोल र सुहाना


अनमोल स्टार फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १३ सेकेण्ड लामो टिजरमा अनमोल र सुहाना फिचर्ड छन् ।

उक्त टिजरमा सुहाना र अनमोल रोमान्टिक देखिएका छन् । सुहानाले यहि फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दै छिन् । झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । म्युजिकल लभ स्टोरीमा आधारित यस फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दीर्घ खड्काको सम्पादन, सञ्जय लामाको छायांकन रहेको फिल्ममा झरना थापा र सुमन पौडेलको कथा रहेको छ । आउँदै गरेको नयाँ वर्ष २०७६ को अवसर पारेर फिल्म चैत्र २९ गतेबाट देशभर प्रर्दशनमा आउँदैछ ।

 

Logo