‘नेपाल स्पेल बी’ सिजन ३ को मेगा अडिसन सुरु

‘नेपाल स्पेल बी’ सिजन ३ को मेगा अडिसन सुरु


मलिन मिडिया एण्ड एभेन्ट्सद्वारा आयोजित कार्यक्रम ‘नेपाल स्पेल बी’, सिजन ३ को मेगा अडिसन सुरु भएको छ ।

विधार्थी र टेलिभिजन हेर्ने दर्शकलाई अग्रेजी भाषा शुद्ध रुपमा उच्चारण गर्न र लेख्न सिकाउने उद्देश्यले नेपालकै ठूलो स्पेलिङ कम्पिटिसन नेपाल स्पेल बी कार्यक्रम सुरु गरिएको हो । प्रतियोगितामा प्लस टु पढ्दै गरेका विधार्थीहरुको सहभागिता रहने मलिन मिडिया एण्ड एभेन्ट्सका सिइओ महेश पोखरेलले बताए । प्रतियोगितामा अडिसनबाट छनोट भएका बढीमा एक हजार २ सय वटा कलेजको सहभागिता रहने उनले जानकारी दिए ।

पूर्वको इलामबाट सुरु भएको मेगा अडिसन बिर्तामोड, बिराटनगर हुँदै आज (आइतबार) हेटौडामा हुने पोखरेलले बताए । साथै अडिसन चितवन, विरगंज, दाङ, नेपालगञ्ज हुँदै अन्तिममा काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको मुख्य प्रायोजनमा कोलगेट रहेको छ भने कार्यक्रम भुषण दाहालले सञ्चालन गर्दैछन् ।

Logo