एक महिनादेखि हराईरहेकी बिद्यार्थी मृत फेला

एक महिनादेखि हराईरहेकी बिद्यार्थी मृत फेला


काभ्रे मण्डनदेउपुर १० की बिद्यार्थी सुनमाया तामाङ मृत्त अवस्थामा फेला परेको पुष्टी भएको छ । हिजो भक्तपुरको हनुमन्ते खोलामा भेटिएको शव सुनमायाकै भएको उनका आफन्तले स्विकार गरेका छन ।

शव गलेको अबस्थामा फेला परेकाले धेरै दिन अघि नै मृत भएको हुन् सक्ने प्रहरीको अनुमान छ। महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

गत पुस २७ गते शैक्षिक भ्रमणका लागि भक्तपुर आएका सुनमाया तामाङ् हराएकी थिइन्। काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नं. ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययन गर्थिन्।

विद्यालयले नै ल्याएका उनी  भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा हराएकी थिइन् । हराएकी सुनमायाका बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । उनका २ दिदीबहिनी छन् ।

Logo