सन्दीपले पहिलो ओभरमा १ रन दिएर १ विकेट लिए

सन्दीपले पहिलो ओभरमा १ रन दिएर १ विकेट लिए


सन्दीप लामिछानले आफ्नो पहिलो ओभरमा १ रन दिएर महत्वपूर्ण एक विकेट लिएका छन् । सन्दीपले टिमलाई भने छैटौं सफलता दिलाएका हुन् ।

सिड्नी सिक्सर्सविरुद्ध मेलवर्नस्टार्सका सन्दीपले टिमको आठौं ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिङ गरेका हुन् । उनले टिम कुरनलाई एलबी डब्लूको धरापमा पारेका छन् । कुरन १० रन बनाएर आउट भए ।

सन्दीप लामिछाने सहभागी टिम मेलवर्न स्टार्सले अष्ट्रेलियामा जारी बीग ब्याशमा सिड्नी सिक्सर्सलाई १६९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८२ रन बनाएर अन्तिम ओभरकाे अन्तिम बलमा आउट भए । यसैगरी पिटर ह्यान्ड्सकमले ३५ रन बनाउँदा मार्कस स्टोनिसले ३४ रन बनाएका थिए ।

सिड्नीका लागि टम कुरनले २ विकेट लिए ।

Logo