अन्ना हजारेको अनिश्चितकालीन अनसन तोडियो

अन्ना हजारेको अनिश्चितकालीन अनसन तोडियो


काठमाडौं

भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारले आफ्नो एकसाता लामो अनसन तोडेका छन् । महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार बेलुका हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि हजारेले अनसन तोडेका हुन् ।

मुख्यमन्त्रीले नै हजारेलाई जुस पिलाएर अनसन तोडाएका थिए । पत्रकार सम्मेलनमा हजारेले भने, ‘मुख्यमन्त्रीले हाम्रो सबै माग पूरा गर्ने वचन दिएकाले मैले अनसन तोडेको हूँ ।’

केन्द्रमा लोकपालको नियुक्तिमा भैरहेको ढिलाइ र महाराष्ट्रमा लोकायुक्त कानुन बनाउनुपर्ने माग राख्दै ८१ वर्षीय सामाजिक कार्यकर्ता अन्ना हजारे जनवरी ३० तारिखदेखि अनिश्चितकालीन अनसनमा बसेका थिए ।
एजेन्सी

Logo