नेविसंघ भनेको ‘नेपाल विद्यार्थी संघ’ कि ‘नेपाल विगार्ने संघ’ ?

नेविसंघ भनेको ‘नेपाल विद्यार्थी संघ’ कि ‘नेपाल विगार्ने संघ’ ?


सत्तारुढ नेकपा विद्यार्थी संघ संगठनहरुले काँग्रेस भातृसंगठन (नेविसंघ) बिरुद्ध गम्भिर आरोप लगाएका छन् । आन्दोलनका नाममा पछिल्लो समय देशका बिभिन्न ठाउँमा आगजनी तथा तोडफोड लगायतका गतिविधि गर्न थालेको भन्दै नेविसंघ माथि गम्भिर आरोप लगाइएको हो ।

रत्न राज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनद्धारा आयोजित बृहत रचनात्मक समापन कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु)का नेताहरुले नेविसंघ माथि अराजकता सिर्जना गरेको आरोप लगाएका हुन् ।

अनेरास्ववियुका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले नेविसंघलाई नेपाल बिगार्ने संघको आरोप लगाए । ‘उनले भने नेविसंघ भनेको नेपाल विद्यार्थी संघ नभएर नेपाल बिगार्ने संघ हो । उसका पछिल्ल गतिविधिले त्यहि कुरालाई पुष्टि गरेको छ’ ।

त्यस्तै अनेरास्ववियुकै अर्का नेता आरसी लामिछानेले नेविसंघ र नेपाली कांग्रेस स्ववियु निर्वाचन देखि डराएको आरोप लगाए । ‘उनले भने त्रिविले स्ववियु निर्वाचनको मिति तय गरिसके पनि नेविसंघ र कांग्रेसले फाल्गुन १४ को चुनाव मिति भाँड्न खोजेको छ ।’ अनेरास्ववियुले आर आर कलेजमा गरेको सप्ताहब्यापी कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा (नेकपा) का सांसद झलनाथ खनाल प्रमुख अतिथि रहेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको उक्त कार्यक्रम सप्ताहब्यापीरुपमा सञ्चालन भएर आज समापन भएको छ । यस अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले विविध कार्यक्रमहरुको पनि आयोजना गरेको थियो ।

Logo