डाक्टर गोविन्द केसीले २४ दिनमा तोडे अनसन (भिडियोमा)

डाक्टर गोविन्द केसीले २४ दिनमा तोडे अनसन (भिडियोमा)


चिकित्सा शिक्षा विधेयकको विरुद्धमा २४ दिन अनसनमा रहनु भएका डाक्टर गोविन्द केसीले शुक्रबार साँझ अनसन तोडेका छन् ।

अनसनस्थल त्रिभुवन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले आफ्नो अनसन तोड्ेका हुन् । डाक्टर केसीलाई शिक्षण अस्पतालमा सफाईको काम गर्ने कर्मचारी अमृत पुजारीले जुस खुवाएर अनसन तोडाएका थिए ।

डा केसीका शुभेच्छुक र नागरिक समाजका अगुवाहरुले दुवै सदनबाट पास भएको भए पनि अन्य उपायबाट पनि दबाब दिन सकिने भएकाले अनसन स्थगित गर्न सुझाव दिएका थिए ।

डा केसीलाई भेट्न पुगेका पूर्व राष्ट्रपति रामवरण यादव, पुर्व प्रधानमन्त्री शेर बहादुर देउबा, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रा डा भगवान कोइराला लगायतले अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।

अन्तत शुक्रबार साँझ ७ बजे अनसन टुग्यांउने निर्णय लिएका हुन् । यता चिकित्सा शिक्षा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरण गर्न बाकि छ ।

Logo