पर्यटन ब्यबसायीका बिभिन्न संघ संस्थाले वाइडबडी खरिद प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको पक्षमा बिज्ञप्ति निकालेका छन्। "/>

वाइडबडी प्रकरण: पर्यटन व्यवसायीहरु कंसाकारको पक्षमा (बिज्ञप्तिसहित)

वाइडबडी प्रकरण: पर्यटन व्यवसायीहरु कंसाकारको पक्षमा (बिज्ञप्तिसहित)


पर्यटन ब्यबसायीका बिभिन्न संघ संस्थाले वाइडबडी खरिद प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको पक्षमा बिज्ञप्ति निकालेका छन्।

भिजिट नेपाल २०२० लाई असफल बनाउन र निगमलाई कमजोर बनाउन षडयन्त्र गरिएको दाबी सहित थप वाइडबडी, न्यारोबडी र सानो किसिमका जहाज खरिद गर्न माग समेत गरेका छन् । विज्ञप्तीमा पर्यटन व्यवसायको प्रबद्र्धनका लागि अपिल गरिएको छ।

उनीहरुले कसैको स्वार्थका लागि नेपाल वायु सेवा निगमलाई तहसनहस बनाउन खोजको आरोप समेत लगाएका छन्। वाइडबडी खरिदमा कुनै कमजोरी भएको भए कानुनी प्रक्रिया अघि बढाउन चुनौती समेत दिएका छन्।   विज्ञप्ती निकाल्नेमा, नाटाका अध्यक्ष सीएन पाण्डे, हानका अध्यक्ष अमरमान शाक्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्य, भिटोफ नेपालका अध्यक्ष मधुसुदन उपाध्याय लगायत छन्।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले, निगमको वाइडबडी खरिदमा ४ अर्ब ३५ करोडको अनियमितता भएको ठहर गरेको थियो ।

Logo