६ वर्षीय बालकलाई ब्लड क्यान्सर, पैसा नहुँदा हस्पिटलले घर पठायो (भिडियोमा)

६ वर्षीय बालकलाई ब्लड क्यान्सर, पैसा नहुँदा हस्पिटलले घर पठायो (भिडियोमा)


कृष्णसिंह धामी/काठमाडौं । आर्थिक अभावमा एक ब्लड क्यान्सर पीडित बालक अस्पतालबाट घर फर्काइएको छ । सिन्धुली मरिण गाउँपालिका ३ मयौलीका सेतिमाया लामाका ६ वर्षीय छोरा निमा लामालाई सिभिल हस्पिटल काठमाडौंले घर पठाएको हो ।

निमालाई ५ वर्षको हुँदा नै ब्लड क्यान्सर भएको थियो । एक वर्षसम्म उपचार गराउँदा पनि रोग निको नभएपछि अहिले थप उपचारको लागि करिब २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएका छन् । निमाको थप उपचारका लागि अवश्यक पर्ने रकम नहुँदा सिभिल अस्पतालले घर फिर्ता पठाएको आमा सेतिमाया लामाले जानकारी दिईन् ।

एक वर्षको अवधीमा करिब १५ लाख रुपैयाँ खर्च भएको र त्यो सबै ऋण निकालिएको उनको भनाई छ । आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको भन्दै सिभिल अस्पतालले फलो अपमा आउने गरी माघ ८ गते डिस्चर्ज गरेको थियो । डाक्टरहरुले करिब २० देखि २५ लाख रुपैयाँ जम्मा गरेर मात्र अस्पताल आउन भनेको छ ।

आर्थिक अवस्था एकदमै कमजोर रहेका उनीहरु २० लाख त के २० हजारपनि संकलन गर्न गाह्रो भईरहेको भन्दै सेतिमायाले आर्थिक सहयोगको लागि सबैमा अपिल गरिन् ।

उनको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले ग्लोबल आइ एमई बैंक नयाँ बानेश्वर निर्मला लामाको नाममा रहेको खाता नम्बरः २९०७०१०००८४४६ पैसा जम्मा गरिदिन निमाको परिवारले आग्रह गरेको छ । थप जानकारीको लागि आमा सेतिमाया लामा सम्पर्क नम्बरः ९८०८६८२०१३ तथा निर्मला लामाः ९८६०६४५३९२ मा सम्पर्क गर्न सकिन्छ ।

Logo