सशस्त्रका पूर्वएसएसपी मिश्र भ्रष्टाचारी ठहर : ६३ लाख बिगो सहित डेढवर्ष कैदको फैसला

सशस्त्रका पूर्वएसएसपी मिश्र भ्रष्टाचारी ठहर : ६३ लाख बिगो सहित डेढवर्ष कैदको फैसला


काठमाडौँ

विशेष अदालतले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपाल मिश्रलाई सामान खरिद प्रकरणमा दोषी ठहर गरेको छ । सामान खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले उनीमाथि ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ ४६ पैसा विगोसहित डेढ वर्ष कैद सजायको फैसला गरेको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले बिहीबार सुनुवाई गर्दै सामान घोटाला प्रकरणमा दोषी देखिएको भन्दै भ्रष्टाचारी ठहर गरेको हो ।

तत्कालीन एसएसपी मिश्रबाट नेपाल सरकारलाई घाटा पु¥याउने काम गरेको भन्दै ४२ लाख ११ हजार ८ सय ६४ रुपैयाँ ३० पैसा थप असुल गर्न र निजामती कर्मचारी भएर पदीय दुरुपयोग गरेको आरोपमा ३१ लाख ५८ हजार ४ सय ४८ रुपैयाँ २३ पैसा थप जरिवाना हुने विशेष अदालतले फैसला गरेको छ । साथै सामान खरिद प्रकरणमा दोषी देखिएका सशस्त्र प्रहरी निरीक्षक चित्रबहादुर केसीलाई पनि ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ ४६ पैसासहित ६ महिना कैद हुने फैसला गरेको छ ।
राजधानीबाट

Logo