केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

मन्त्रिपरिषद् निर्णयदेखि चिकित्सक संघको आन्दोलनसम्म

मन्त्रिपरिषद् निर्णयदेखि चिकित्सक संघको आन्दोलनसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ८ निर्णय

गत माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न ८ वटा निर्णय गरेको छ । बैठकका निर्णयहरु आज सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सार्वजनिक सार्वजनिक गरेका हुन्। सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको छ ।

नेपाल चिकित्सक संघद्धारा भोली देशभरका स्वास्थ्य संस्था बन्दको घोषणा

नेपाल चिकित्सक संघले स्वास्थ्य संस्था बन्दको घोषणा गरेको अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आएको चिकित्स संघले भोलि (शुक्रबार) सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायत सम्पूर्ण स्वास्थ्य संस्था बन्दको घोषणा गरेको हो ।

डा. केसीलाई जुनसुकै बेला जे पनि हुनसक्छ: अस्पताल

बिगत २३ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अबस्था नाजुक बन्दै गएको अस्पतालले जनाएको छ । अस्पतालले दिउँसो ३ बजे जानकारी गराए अनुसार डा केसीलाई श्वास फेर्न गाह्रो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। उनमा कमजोरी पनि निकै बढेको अस्पतालले जनाएको छ। ६३ वर्षीय केसीले औषधी समेत खान मानेका छैनन् ।

जापानले नेपाली कामदार लैजाने तयारी कहाँ पुग्यो ?

यतिबेला धेरै नेपालीको ध्यान जापानतिर केन्द्रित भईरहेको छ । जापान सरकारले नेपालसहित विभिन्न देशबाट कामदार लैजाने घोषणागरेसँगै धेरै नेपालीको ध्यान तानेको छ । अहिलेसम्म अध्ययनको लागि मात्र नेपालीहरु जपान जाने गरेका छन् । अब कामदार भिषामा पनि जान पाईनेछ ।

आक्रामक बन्दै प्रधानन्यायाधीशः २ जिल्ला न्यायाधीश निलम्बित, २ लाई स्पष्टीकरण

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले दुई जिल्ला न्यायाधीशलाई निलम्बन गरेका छन् । त्यस्तै दुई जिल्ला न्यायाधीशलाई एक हप्ते स्पष्टीकरण सोधिएको छ । न्याय सम्पादनमा बदनियत देखिएपछि न्यायपरिषदमा तानिएका ललितपुर जिल्ला न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय निलम्बनमा परेका हुन् ।

राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच पार्टी एकता गर्न आधारपत्रमा हस्ताक्षर

डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ । दुई पार्टीबीच शुक्रबार औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदैछ ।

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

बहुचर्चित चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच बिधेयक पारित भएको हो। बिहीबार बसेको राष्ट्रिय सभा बैठकको सुरूदेखि नै नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए ।

 

देशको चिन्ता लिनुपर्ने दिन आउँदैन: प्रम ओली

युनिभर्सल पावरको ठूलो मात्राको आईपिओ आउँदै

दलाल व्यवसायीलाई नेप्सेको आग्रह

उदयले एलेक्सामा गरे नेपाली अनुवादकको विकास

सीमान्तकृत समुदाय चिडिमारका व्यथा

‘चारतारे’ र ‘लालतारे’ ले एनटिभी बिगारे- संचारमन्त्री

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं जिल्ला अदालतका नासु ५ लाख घुससहित पक्राउ

ऊर्जाको ४० प्रतिशत बढी ठेक्का अलपत्र

बैंकमा जम्मा गर्न पठाएको रकम लुट्यो भनेर…

लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

अत्यधिक चिसोले अमेरिकाको मध्यपश्चिमी क्षेत्र ठप्प, ५ जनाको मृत्यु

पाकिस्तानमा पहिलो पटक हिन्दु महिला न्यायाधीश नियुक्त

अत्यधिक चिसोका कारण बढ्यो बिरामी

डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

एकदिवसीय क्रिकेटमा भारतको लज्जास्पद हार

रोमान्स र एक्सनले भरिपूर्ण ‘यात्रा’ को टिजर सार्वजनिक (हेर्नुहोस् टिजर)

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo