आजपनि संसद अवरोध कायमै राख्ने कांग्रेसको अडान

आजपनि संसद अवरोध कायमै राख्ने कांग्रेसको अडान


काठमाडौँ

कांग्रसले बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने भएको छ । सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सुचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो ।

सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जबरजस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको स्पष्ट पारे ।

प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराए । सो विधेयकमा गम्भिर राष्ट्रिय बहसको आवश्यकता रहेको प्रमुख सचेतक खाँडको तर्क छ । डा. गोविन्द केसीको कतिपय माग विपरित सत्ता पक्षले सो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नु परेको कांग्रेसको भनाई छ ।
नयाँ पत्रिकाबाट

Logo