क्रिकेट रंगशालाको लागि प्रचण्ड र छोरी रेणुको फुल सपोर्ट (भिडियोमा)

क्रिकेट रंगशालाको लागि प्रचण्ड र छोरी रेणुको फुल सपोर्ट (भिडियोमा)


चर्चित हास्यकलाकार तथा समाजसेवी जोडी ‘धुर्मुस सुन्तली’ ले चितवनमा क्रिकेट रंगशाला बनाउन लागेका छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा दिनप्रतिदिन महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको बेला ‘धुर्मुस सुन्तली’ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटेका हुन् । आज राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले यस बारेमा सम्पुर्ण जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निमार्णको अभियानमा सबैलाई सहयोग गर्न अपिल गरे । उनले अबको एक दशक भित्र मुलुक नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै निराश हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् ।

त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दुई बर्ष भित्र निमार्णको काम सम्पन्न गर्ने गरी काम अगाडी बढाईने जानकारी दिईन् । उनले रंगशाला निर्माणको काम सम्पन्न भईसके पछि पहिलो खेल भारत र पाकिस्तान बीच खेलाउने योजना रहेको पनि बताएकी छिन् ।

Logo