धुर्मुसको रंगशाला घोषणा कार्यक्रममा जे देखियो (भिडियोमा)

धुर्मुसको रंगशाला घोषणा कार्यक्रममा जे देखियो (भिडियोमा)


वीर अस्पताल सफाइपछि सीताराम कट्टेल धुर्मुस सञ्चारमाध्यममा खासै आएका थिएनन् । न उनी हास्य सिरियल मेरी बास्सैमा नै फर्किए । उनी के गर्दैछन् भन्ने प्रश्न सबैको मस्तिष्कमा उब्जिएको थियो ।

२०७२ को विध्वंशकारी भूकम्पपछि विकास–निर्माणको अभियन्ता बनेर जन्मिएका धुर्मुसले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, महोत्तरी, रौतहटमा गरी चार एकीकृत बस्ती उभ्याए । भूकम्पमा ढलेको, दुःखले गलेको दुवै मनलाई एकैसाथ उभ्याउने चेष्टा गरे ।

वीर अस्पताल रंगरोगमा विवादमा ल्याउने प्रयत्न गरेपछि उनको मनोबल गिरेको आशंका गरिएको थियो । तर, तिनै अभियन्ता धुर्मुस बुधबार झनै महत्वाकांक्षी परियोजना लिएर आएका छन् ।

सीताराम कट्टेल अध्यक्ष र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तली उपाध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर–१६ को त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकायको अधीनमा रहेको २० विगाहा ६ कट्ठा जग्मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान (रंगशाला) बनाउने परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । बाँकि भिडियोमा ।

Logo