युथ भ्वाईसद्धारा शहीद दिवसमा दिप प्रज्वलन

युथ भ्वाईसद्धारा शहीद दिवसमा दिप प्रज्वलन


काठमाडौं । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदैं आएको संस्था युथ भ्वाईसले शहीद दिवसको अवसर पारेर दिप प्रज्वलन गरेको छ । युथ भ्वाइसले काठमाडौंको शहीद गेटमा दिप प्रज्वलन गर्नुका साथै सरसफाई समेत गरेको युथ भ्वाइसका सदस्य पवन भट्टले जानकारी दिए ।

युथ भ्वाइसले काठमाडौंसहित धनगढी, महेन्द्रनगर, दार्चुला लगायतका क्षेत्रमा दिप प्रज्वलन गरेको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदप्रति सम्मान गर्दै आज ७९ औं शहीद दिवस मनाईएको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

पछिल्लो समय विभिन्न सामाजिक कार्यमा क्रियाशिल देखिएको युथ भ्वाईस अझै सशक्त भएर अगाडि बढ्ने अठोटमा रहेको छ । अहिले विभिन्न जिल्लाहरुमा यसले आफ्नो शाखा विस्तार गर्दै आएको छ । ‘म होईन हामी भन्ने भावनाको उजागर गरौं’ भन्ने मुल मन्त्रका साथ युथ भ्वाईस अगाडि बढिरहेको छ ।

विशेषगरी शुदूरपश्चिममा आफ्नो कार्यक्षेत्र बनाएको युथ भ्वाइस अब काठमाडौं लगायतका शहरमा सक्रिय हुन थालेको छ । यसले काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरेर अगाडि बढिरहेको युथ भ्वाइसका सदस्य भट्टको भनाई छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनापछि न्यायको थालिएको आन्दोलनमा युथ भ्वाइसले देखाएको सक्रियताको अहिले पनि प्रशंसा हुँदैं आएको छ ।

Skip This
Logo