नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने बताएका छन् ।

बुधबार भरतपुर विमानस्थलमा कुरा गर्दै महामन्त्री कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी कांग्रेसले काम गर्ने बताएका हुन् । "/>

अबको निर्वाचनमा कांग्रेस पहिलो पार्टी : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेस पहिलो पार्टी : महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने बताएका छन् ।

बुधबार भरतपुर विमानस्थलमा कुरा गर्दै महामन्त्री कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी कांग्रेसले काम गर्ने बताएका हुन् ।  “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ”, उनले भने– “पार्टी सभापतिको क्रियाकलापले उनको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।” जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए ।

महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए । उनले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

Logo