प्रदेश १ को नाम र राजधानीका विषयमा शीर्षनेताहरु वीच समझदारी

प्रदेश १ को नाम र राजधानीका विषयमा शीर्षनेताहरु वीच समझदारी


धरान

प्रदेश १ को स्थानीय राजधानी र नाम राख्ने विषयमा शीर्ष नेताले चासो दिएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेताबीच राजधानी विराटनगर र नाम कोसी राख्ने समझदारी जुटेको स्रोतले जनाएको छ । ती स्रोतका अनुसार समझदारी अनुरूप नै उनीहरूले प्रदेश सांसद र पार्टी नेतालाई निर्देशन जारी गरेका छन् ।

मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीले नेकपाका प्रदेश सांसदसँग यसमा सहमतिका लागि पहल थालेपछि पार्टीमै विरोध हुन थालेको छ । शीर्ष छलफलमा कांग्रेस नेताले प्रदेश राजधानी विराटनगरबाट अन्यत्र लैजान नहुने अडान राखेपछि ओली र दाहालले सहमति जनाएको स्रोतले जनाएको छ । देउवा प्रधानमन्त्री भएका बेला विराटनगरलाई प्रदेश १ को अस्थायी राजधानी घोषणा गरिएको थियो ।

नेकपा प्रदेश संसदीय दल बैठकमा अधिकांश सदस्यले प्रदेश राजधानी सुनसरीको इटहरी र नाम सगरमाथा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । पार्टीका ६७ सांसदमध्ये ५० जनाले इटहरीलाई राजधानी र नाम सगरमाथा राख्नुपर्ने बताएको एक सांसदले सुनाए । उनका अनुसार तराईवासीको असन्तुष्टि बढ्ने भएकाले मिलनबिन्दु खोजेर विराटनगरलाई प्रदेश राजधानी र नाम कोसी राख्ने गरी प्रधानमन्त्रीले पहल थालेका हुन् ।
अन्नपूर्णबाट

Logo