यस्तो छ इटालीबाट फर्केका युवकहरुको कालीज फार्म (भिडियोमा)

यस्तो छ इटालीबाट फर्केका युवकहरुको कालीज फार्म (भिडियोमा)


आज हामी अनौठो फार्ममा आइपुगेका छौ । जँहा जंगलमा पाइने कालिज फार्ममा पालिएको छ । कालिज मध्य पहाडी क्षेत्रमा पाइने संरक्षित पंक्षी हो । नेपालको कानुन अनुसार यसको शिकार गर्न पाइदैन् । अब कालिजको मासु खान चाहनेहरुको लागि अहिले यसको मासु सहजै पाइन थालेको छ ।

कालिजको मासु भन्ने बित्तिकै सबैको ध्यान तान्छ । यसको मासु खान सजिलो छैन् तर अहिले काठमाडौंमै व्यवसायिक कालिज फर्म सुरु भएर भएको छ । यसको मासु एकदमै स्वादिलो, तिख्खर स्वादको हुन्छ ।

यसको मासु एकदमै तागतिलो हुन्छ , अझ जाडो मौसममा कालिजको मासु खाँदा एकदमै फाइदा गर्छ । बिशेष गरी सुत्केरी महिला र युरिक एसिड भएकोले पनि खान मिल्छ । बोसोको मात्रा कम र प्रोटिनको राम्रो स्रोत भएकोले कालिजको मासु स्वास्थ्यको दृष्टिकोणले पनि एकदमै राम्रो हुन्छ ।

वन मन्त्रालयको स्वीकृति, कृषि मन्त्रालय र साइटिसको अनुमतिमा नेपालकै पहिलो कालिज फर्म सुरु भएको छ । एभरेष्ट वाइल्ड लाइफ एग्रो एण्ड रिसर्च सेन्टर प्रालिले काठमाडौंको दक्षिणकाली नगरपालिका–४ चाल्नाखेलमा व्यवसायिक कालिज पालन सुरु गरिएको छ ।

डेढ करोड रुपैयाँ लगानी गरेर कालिज पालन सुरु गरेका हुन् । फ्रान्सबाट १० हजार अन्डा ल्याएर सुरु गरिएको फ्राममा ४५ सय वटामात्र चल्ला निस्किएको थियो ।

फार्ममा उत्पादन भएको कालिज बागबजार स्थित कालिज रेष्टुरेन्टबाट बिक्रि गरिन्छ । कालिजको व्यवसाय देशभरी फैलाउने योजना बनाएकोले चाँडै यसको शाखा विस्तार गरिने भएको छ ।

Logo