डा. गोविन्द केसीको अनसनमा पुर्व प्रधानन्यायाधीशको ऐक्यवद्धता

डा. गोविन्द केसीको अनसनमा पुर्व प्रधानन्यायाधीशको ऐक्यवद्धता


पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चिकित्सक डाक्टर गोविन्द केसीसंगको सहमति कार्यान्वयन गर्न सरकारसंग माग गरेका छन् ।

अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना तथा उनको मागमा ऐक्यवद्धता जनाउन मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका पुर्व प्रधानन्यायाधीश श्रेष्ठले अबिलम्ब डाक्टर केसीसंगको सहमति कार्यान्वयन गर्न माग गरेकाहुन् । उनले बहुमतको प्रयोग अख्तियारी देखाउन नभई विवेकसम्मत काम गर्नमा प्रयोग गर्न पनि सरकारलाई सुझाव दिए ।

डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गरि फर्कदै गर्दा संचारकर्मीसंगको संक्षिप्त प्रतिक्रियामा उनले आफु कुनै राजनीतिक कित्तामा जोडिन नभई समूदायको हितको प्रतिरक्षाका लागि लडेका डाक्टर केसीको जीवनरक्षाको पक्षमा रहेको बताए । उनले भने “गोविन्द केसीको जीवन नेपाली सार्वजनिक समूदायको हितको प्रतिरक्षाको एउटा प्रमुख पात्रको रुपमा छ । उहाँ हार्नु भो भने सार्वजनिक प्रतिरक्षा प्रणालीले हार्छ । ” उनले सरकारले जवाफदेही ढंगले डाक्टर केसीमा माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

सरकार र डाक्टर केसीबीच संवादहिनताको अवस्थाले मुलुक नया चरणको द्धन्द्धमा फस्ने खतरा बढाएको भन्दै पुर्व प्रधानन्यायाधीश श्रेष्ठले सरकारलाई संवादका सबै ढोका खुल्ला राख्न पनि आग्रह गरे ।

इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रेपछि काठमाण्डौ ल्याई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

Logo