चैत्र ८ मा आउने भयो अनुपको ‘कप्स’

चैत्र ८ मा आउने भयो अनुपको ‘कप्स’


काठमाडौं । नायक अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘कप्स’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्म चैत्र ८ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को ब्यानरमा बनेको फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । यस फिल्ममा अनुपसँगै अमित गिरी, रामराज क्षेत्री, सन्दीपा लिम्बु, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बल्लु बिक्रम थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म लभस्टोरी र एक्सन जनारामा निर्माण गरिएको छ । सन्दिपाले यहि फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । अनुुप यस फिल्ममा प्रहरीको भूमिकामा प्रस्तुत भएका छन् ।

Logo