केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

प्रधानमन्त्रीलाई कालो झण्डादेखि क्रिकेटको सफलतासम्म

प्रधानमन्त्रीलाई कालो झण्डादेखि क्रिकेटको सफलतासम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

नेपालको शानदार जित, चम्किए सोमपाल र सन्दिप

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले शानदार जित दर्ता गरेको छ। नेपालले १४५ रनले जित हात पारेको हो।नेपालले दिएको २४३ रनको चुनौती पछ्याउने क्रममा युएइ निरिह देखियो । युएइले १९.३ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्रै बनायो। खेलमा सोमपाल कामीले ५ विकेट लिएका छन् भने सन्दिप लामिछानेले ४ र कारण केसीले एक विकेट लिएका छन्। खेलमा सन्दिपले ओभर ह्याट्रिक गरेका छन्। उनले एक ओभरमै ३ विकेट लिएका हुन्।

बिधेयकको पक्ष र विपक्षमा प्रदर्शन

चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ । अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा केसी एलाइन्सले शुक्रबार संसद्बाट पारित विद्येयक फिर्ता गर्न माग गरेका छन् भने थापाका समर्थकले सार्वभौम संसद्को सम्मान गदै विद्येयक लागू गराउन माग गरेका छन् ।

डा. गोविन्द केसीलाई पक्राउ गरेर मुद्दा चलाउन माग

१६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीले शुक्रबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरे । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

विमानस्थलमा प्रधानमन्त्रीलाई कालो झण्डा

विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइएको छ । काँग्रेसको भातृ संगठन  नेविसंघकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष अगाडि  कालो झण्डा देखाएको हो ।

 

नयाँ बर्षदेखि काठमाडौँ मगन्तेरहित बन्ने

बसकाण्ड: अश्लिल हर्कत गरिएको बस नियन्त्रणमा

डा केसीको जीवन रक्षाको माग गर्दै आज माइतीघरमा प्रदर्शन

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

आवेश र उत्तेजना होइन देशको हितमा सोचौँ- प्रधानमन्त्री

उद्योगका व्यवस्थापक मृत फेला

अमेरिकी अधिकारीलाई आइतबारभित्र दश छाड्न भेनेजुएलाको निर्देशन

भारतको गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन सहभागी

अमेरिकामा सरकारी खर्च खुल्यो

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo