मण्डनदेउपुरकी ब्लड क्यान्सरपीडित ममताको अनुरोध- कसैको सहयोग पाए बाँच्ने थिएँ !

मण्डनदेउपुरकी ब्लड क्यान्सरपीडित ममताको अनुरोध- कसैको सहयोग पाए बाँच्ने थिएँ !


ज्ञानमणि नेपाल कालोटोपी

काभ्रे

काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका – ७, आँपखोला, नौबिसे निवासि वर्ष ३३ कि ममता श्रेष्ठ ब्लड क्यान्सरबाट थलिएकी छिन् । गत पुस पहिलो हप्तामा सिभिल सर्भिस हस्पिटल मीनभवनमा चेकअप गर्दा यो रोग लागेको थाहा भएको हो । उनको माघ १४ गतेदेखि बोन म्यारो ट्रान्स्प्लान्ट गर्न प्रोसेस शुरु गर्ने हस्पिटलले बताएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार उनको बोनम्यारो ट्रान्स्प्लान्ट गरि उपचार गर्नका लागि करिव ३० लाख लाग्ने छ । कमजोर आर्थिक अवस्था भएको परिवारका लागि यति खर्च गर्न सम्भव छैन । सबै दयालु मनहरुबाट सहयोग जुटे पत्निको उपचार सम्भव हुने र नावालक छोरा मातृस्नेहबाट बन्चित हुनु नपर्ने बताउँदै बिरामी ममताका पति भरत श्रेष्ठ सहयोगको याचना गर्दछन् ।

 

सेवा नै धर्म हो भन्ने बचनलाई आत्मासात गर्दै उहाँको उपचारका लागि कुन्तावेसीमा रहेको श्री मण्डन देउपुर साकोसले ममता श्रेष्ठ उपचार सहयोग कोष स्थापना गरेको छ । यो समाचार तयार पार्दा सम्म ५९२६६।- सहयोग जुटेको भएपनि उपचारका लागि यो अपुग छ । देश विदेशमा रहनु भएका सबैमा आफ्नो क्षमताले भ्याएसम्मको सहयोग प्रदान गरि उनको जीवन रक्षा गरि दिनका लागि संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

स्मरणिय के छ भने यसअघि पनि मण्डनदेउपुरमा भेटिएका जटिल रोगका विरामीहरुलाई यस्तै सहयोग अभियान चलाइएको थियो । २ वर्ष पहिले दुवै मृगौला फेल भएका विशाल नेपालका लागि सहयोग अभियान थालिएको थियो । यसवर्ष मण्डनदेउपुर ९ कि व्लड क्यान्सर पीडित रुपा तिवारी र प्यारालाइसिस भएका शिक्षक भुपाल दाहाललाई पनि सहयोग अभियान चलाइ उपचारको क्रममा रहनु भएको छ । सबैको साथ र सहयोग पाएमा पछिल्लो पटकको यो अभियानले पनि सफलता पाउने विश्वास गरिएको छ ।

सहयोगका लागि :
१) श्री मण्डन देउपुर साकोस (Shree Mandan Deupur SACCOS) को
देव विकास बैंक, पाँचखाल शाखा खाता नं.: ३०११०६२१०००५२८
२) मण्डनदेउपुर साकोस (Shree Mandan Deupur SACCOS) जनता वैक कुन्तावेसि शाखा खाता नं : ०६२००२०२७००३८०१ ,(बिरामिको देवर) मननारायण श्रेष्ठ : 98510-01394 सम्पर्क गर्न वा रकम संकलन गर्न सकिनेछ ।

Skip This
Logo