युएईलाई २४३ रनको चुनौती, रोहितको अर्धशतक

युएईलाई २४३ रनको चुनौती, रोहितको अर्धशतक


युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले २४३ रनको चुनौती दिएको छ ।  नेपालले सबै ओभर खेलेर ९ विकेटको क्षतिमा उक्त चुनौती दिएको हो।

खेलमा ज्ञानेन्द्र मल्लले ४ चौकासहित ४४ रन,  बिनोद  भण्डारीले २ चौकासहित २१ रन , कप्तान पारस खड्काले  २१,दिपेन्द्र सिङ्ग ऐरीले २ चौकासहित १० रन, आरिफ शेख २ चौकासहित २९, करण केसी ले २ छक्का र एक चौका सहित १८ रन, सोम्पाल कामी २ रन, पवन सरिफले ८ रन  प्रहार गरे।  रोहित पौडेलले ७ चौकासहित ५५ रन जोडे। सन्दिप लामिछानेले १४ र ललित राजबंशीले ३ रन जोडेका छन्।

पहिलो सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलिरहेको नेपाललाई सिरिज जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।

Logo