विश्व चर्चित डावोस पुगेर प्रधानमन्त्री ओलीको महत्वपूर्ण भाषण (भिडियोमा)

विश्व चर्चित डावोस पुगेर प्रधानमन्त्री ओलीको महत्वपूर्ण भाषण (भिडियोमा)


काठमाडौं । स्विजरल्याण्डको डावोस शहर यतिवेला विश्वभर चर्चामा छ । स्विजरल्याण्डको उत्तरी क्षेत्रमा रहेको यो शहरमा विश्वका धनी राष्ट्र तथा शक्तिशाली ब्यक्तित्वहरुको मञ्च भनेर चिनिएको वल्ड ईकोनोमिक फोरम अर्थात विश्व आर्थिक मञ्चको सम्मेलन जारी छ ।

नेपाली रजनीतिमा स्विजरल्याण्ड एउटा बिम्बको रुपमा स्थापित भएको छ । जो प्रधानमन्त्री बनेपनि नेपाललाई स्विजरल्याण्ड बनाउने कुरा यहाँका नेताले आफ्ना भाषणमा छुटाएका छैनन् । सम्मेलनमा पहिलो पटक नेपालको तर्फबाट प्रधानमन्त्री केपी ओलीले भाग लिएका छन् ।

सम्मेलनमा करिब एक सय देशका तीन हजार प्रतिनिधि सहभागि छन् । विश्वभरका यस्ता प्रभावशाली ब्यक्तित्व, सरकार प्रमुख, संस्था र उद्यमी–ब्यापारी तथा विश्वभर कहलिएका सेलिब्रेटीहरु सहभागि सम्मेलनमा नेपाली प्रधानमन्त्री ओलीले के के भने ? थप भिडियोमा

Logo