वाइड बडी जाँचबुझ आयोग नै बेखबर

वाइड बडी जाँचबुझ आयोग नै बेखबर


काठमाडौँ

नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेको सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन अपूर्ण रहेको भन्दै पुस १९ गते सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो ।

पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मासहितको तीन सदस्यीय आयोग गठन गरे पनि जिम्मेवारी भने दिइएको छैन । ‘आयोग गठन गरेको र उक्त आयोगमा म अध्यक्ष रहेको मैले पनि सञ्चारमाध्यमबाट सुनेको हुँ,’ पराजुलीले भने, ‘आयोग बन्नु अघि आयोगको अध्यक्ष बस्न पर्‍यो भनेर आग्रह गरे पनि त्यसपछि भने कुनै खबर आएको छैन ।’ आयोगको काम के र कहिलेबाट सुरु गर्ने भन्ने पनि जानकारी नभएको उनले बताए ।
नागरिकबाट

Logo