केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

कांग्रेसको संघर्षदेखि सहसचिवको आक्रोशसम्म

कांग्रेसको संघर्षदेखि सहसचिवको आक्रोशसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

अस्पतालको शैयाबाट सांसदहरुलाई डा. केसीको भिडियो सन्देश

अनसनरत डा. गोविन्द केसीले अस्पतालबाटै सांसदहरुलाई भिडियो सन्देश पठाएका छन् । १६ औं पटकको अनशन बसेको १४ औँ दिनमा डा. केसीले सांसदहरुलाई भिडियो सन्देश पठाएका हुन् । अस्पतालको शैयाबाट भिडियो सन्देश पठाउँदै डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन सहयोग गर्न सांसदहरुसँग आह्वान गरेका छन् ।

संसदीय सुनुवाई समिति बैठकमा प्रस्तावित राजदूतले कस्तो प्रतिबद्धता जनाए ?

संसदीय सुनुवाई विशेष समितिले तीन जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्वीजरल्याण्डका लागि प्रस्तावित राजदुत मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदुत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

अस्थायी शिक्षक पुनः आन्दोलनमा, स्थायीको लागि पटक पटक परीक्षा गर्न माग

अस्थायी र करारमा कार्यरत शिक्षकहरुले आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै सरकारलाई दवाव दिन सुरु गरेका छन । अस्थायी, करार शिक्षक संघर्ष समितिले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दवाव दिन सुरु गरेका हुन ।

कांग्रेसले रोष्ट्रम घेर्‍यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्ट्रोम अगाडि गएर विरोध गरेको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन अवरोध खडा गरेको कांग्रेसले मंगलबारको बैठकमा पनि विरोध जनाएको हो ।

संसदीय सुनुवाई समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार बसेको बैठकले राजदूतमा सिफारिस तीन जनाको सुनुवाइपछि नाम अनुमोदन गरिएको हो ।

सहसचिव पाण्डेको आक्रोशः खानेपानी मन्त्री र सचिव ‘घुस्याहा’ (प्रमाणसहित)

नेपाल सरकारका एक जना सहसचिवले ‘मन्त्री र सचिवले जिम्मेवारी नदिएका कारण आफूले कुनै काम गर्न नपाएको’ आरोप लगाएका छन् ।
खानेपानी मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरमाथि ‘घुस्याह’ को आरोप लगाएका हुन् । उनले मन्त्री र सचिवले जिम्मेवारी नदिएका कारण आफूले कुनै काम गर्न नपाएको उल्लेख गर्दै कार्य सम्पादन मूल्यांकन फारम पेश गरेका छन् ।

पाँचखालका कृषकहरु सडकमै काउली फालेर विरोध प्रदर्शनमा

नेपालले ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

ठगी गर्ने दुई वटा पेट्रोलपम्प बन्द

देशभरको मौसममा बदली, हिमाली क्षेत्रमा हिमपात

देशभरको मौसममा बदली, हिमाली क्षेत्रमा हिमपात

न्त्री मगर अस्पताल भर्ना

काठमाडौंको थापाथली केन्द्र भएर भूकम्प गयो

हेटौंडाबाट कमल थापाको उद्घोष, ‘राप्रपा अब कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बन्छ’

जनप्रतिनिधिहरुको भत्ता आँखा अस्पताललाई सहयोग

प्रचण्डको स-परिवार बिरामी

अफगान गुप्तचर केन्द्रमा आक्रमण, कम्तीमा ६५ जनाको मृत्यु

‘प्रेम दिवस’ कोे गीत सार्वजनिक, पत्रकार सम्मेलनमा कसले के भने ? (भिडियोमा)

चिसो सम्बन्ध भएका १० कलाकार जोडी (भिडियोमा)

बलिउडका टप ७ महंगा ‘आइटम गर्ल्स’

बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै जलाउने प्रयास, चिताबाट उद्दार गरियो

पानीजहाजमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु

क्यान्सर लाग्न नदिने ब्रोकाउलीका अरु १० फाइदा

किन रुन्छ बच्चा ? यस्तो छ कारण

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo