विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण


धरानको साँगुरीगढी–८ सेम्बोपास्थित बालकल्याण प्राविका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित जाडोको न्यानो कपडा वितरण गरिएको छ । बिद्यालय कक्षा ५ सम्मका विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको लायन्स क्लब अफ धरान इष्टका अध्यक्ष राजीव दाहालले जानकारी दिए ।

गायक प्रकाश पौडेल र दुवईमा कार्यरत अन्य नेपालीहरूबाट सङ्कलित ५५ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो । विद्यार्थीहरूलाई ५४ थान टाउजर र ५४ थान स्वेटरसहित खेलकुद सामग्री प्रदान गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट दैनिकका उप–प्रबन्ध निर्देशक दीपेन्द्रकुमार कार्कीलगायतले विद्यार्थीहरूलाई सामग्री वितरण गरेका थिए ।

सहयोग जुटाउनेहरुमा गायक पौडेलसहित जीवन भुषाल, निर्मल आचार्य, भट्टराई किङ, नेपाली सेर गोप (शङ्कर), भेडेटार होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली, लायन्स क्लब अफ बुढानिलकण्ठका अखण्ड पोखरेललगायत रहेका छन्।

Logo