स्वस्थानी ब्रत कथा, अध्याय–१ ( भिडियो सहित )

स्वस्थानी ब्रत कथा, अध्याय–१ ( भिडियो सहित )


प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत आजदेखि शुरु भएको छ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ ।

व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

केन्द्रविन्दु टेलिभिजनले पनि आजदेखि एक महिना सम्म श्रीस्वस्थानीको कथालाई प्रत्येक दिन वाचन गरि प्रस्तुत गर्दैछ । यसैक्रममा आज पहिलो अध्याय यहाँ प्रस्तुत गरिएको छ । हेरौं यो भिडियोमा :

 

Logo