ठूला दरका भारतीय नोट नचल्ने पक्का

ठूला दरका भारतीय नोट नचल्ने पक्का


काठमाडौँ

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठूला दरका भारतीय रुपैयाँ नचल्ने आधिकारीक रूपमा जानकारी गराएको छ । मंसिर २७ गतेको मन्त्रिपरिषद्को बैठकले २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा रोक लगाएको थियो ।

अनधिकृत र अवैध कालोधन निर्मल पार्ने भन्दै भारतले गतवर्ष नोभेम्बर ८ का दिन अनपेक्षित रुपमा सो दरका नोट बन्द गर्दै नयाँ २ हजार र ५ सय दरका नोट प्रचलनमा ल्याएको थियो । भारतले एक्कासी नोटबन्दी गरेपछि छिमेकी देशमा समेत असर गरेको थियो ।

राष्ट्र बैंकले सय भारु रुपैयाँ मात्र र त्यसभन्दा साना दरका नोट तथा मुद्रा चलन चल्तीमा लैजान र सटही गर्न सकिने जनाएको छ । सरकारको निर्णयसँगै सर्वसाधारणले भारतीय ठूलो नोट राख्न पाउने छैनन् र एक सय वा सो भन्दा साना भारतीय नोटबाट मात्रै कारोबार गर्न पाइनेछ । भारतको केन्द्रीय बैंक रिर्जभ बैंकले नेपालको बैंकिङ प्रणालीमा रहेका करिब ७ करोड रुपैयाँ बढी सटही भएको छैन ।
नेपाल समाचारपत्रबाट

Logo