सुदूरपश्चिमका ईन्जिनियरहरुले यसरी मनाए २१ औं भूकम्प सुरक्षा दिवस

सुदूरपश्चिमका ईन्जिनियरहरुले यसरी मनाए २१ औं भूकम्प सुरक्षा दिवस


धनगढी । सुदूरपश्चिम प्रदेशका ईन्जिनियरहरुले विभिन्न कार्यक्रम गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिको आयोजनामा विभिन्न कार्यक्रम गरी २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

दिवसको अवसरमा बुधबार बिहान धनगढीमा र्‍यालीको आयोजना गरिएको छ । धनगढी चौराहबाट निस्किएको र्‍याली विभिन्न स्थान परिक्रम गरेको थियो । त्यसपछि सनलाईट होटलमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

सुदूरपश्चिमका विभिन्न जिल्लाका ईन्जिनियर सहिभागी रहेको कार्यक्रममा सुरक्षित भवन निर्माण कसरी गर्ने, भवन निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा छलफल भएको थियो ।

नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समिति सभापति ईन्जिनियर लब प्रसाद जोशीको सभापतित्वमा आयोजित भूकम्प प्रतिरोधी भवन निर्माण प्रस्तुतिकरण कार्यक्रममा ६० जना ईन्जिनियरहरुको सहभागीता रहेको थियो ।

विपदबाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नाराका साथ आज देशभर २१ औं ‘भूकम्प सुरक्षा दिवस’ मनाइएको छ । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाईदैं आएको छ ।

Logo