जापानी विदेशमन्त्रीको ‘हेप्पी बर्थ डे’ मा प्रधानमन्त्रीको सरप्राईज (भिडियोमा)

जापानी विदेशमन्त्रीको ‘हेप्पी बर्थ डे’ मा प्रधानमन्त्रीको सरप्राईज (भिडियोमा)


काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली र जापानकाविदेशमन्त्रीतारो कोनोबीच भेटवार्ता भएको छ । नेपालको दुई दिने औंपचारिक भ्रमणमा आएका भएका विदेश मन्त्रीकोनोले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई मुलुकबीचका आपसी हितका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रधानमन्त्रीसँग जनाएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले जापानका विदेश मन्त्री कोनोको जन्मदिनको शुभकामना दिएका थिए । जापानी विदेश मन्त्री कोनो आज ५६ वर्ष पूरा भएको अवसर पनि परेकाले प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना सहितपुष्प गुच्छा प्रदान गरेका हुन् ।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वगर्दै नेपाल आएका जापानी विदेशमन्त्री कोनोको नेपाल भ्रमणको क्रममा बुधबार समकक्षीप्रदिप ज्ञवालीसँग दुई मुलुकबीच सिधा हवाई उडान गर्ने समझदारी भएको थियो ।

आगामी मार्च भित्र कानुनी प्रबन्ध गरी दुई मुलुकबीच सिधा हवाई उडान भर्ने नेपाल सरकारको तयारी छ । नेपालको पूर्वाधार विकासमा जापानले उल्लेख्य प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

Logo