पेरिसको ‘न्युडिस्ट’ रेस्टुरेन्ट बन्द हुने

पेरिसको ‘न्युडिस्ट’ रेस्टुरेन्ट बन्द हुने


एजेन्सी । फ्रान्सको पेरिसमा रहेको न्युडिस्ट रेस्टुरेन्ट बन्द हुने भएको छ । नांगै खाना खान पाउने रेस्टुरेन्ट ओ’ नेचुरल आउँदो महिना बन्द हुने भएको हो । यो रेस्टुरेन्ट सन् २०१७ मा खुलेको थियो ।

रेस्टुरेन्ट खोल्ने बेला सहसंस्थापक स्टेफानु साडाले आफूहरुले लुगा बिहीन प्रेमि अर्थात नग्नता प्रेमिहरुका लागि ग्यास्ट्रोनोमी अर्थात पाक तथा खानपान कला उत्कृष्ट रुपमा प्रस्तुत गर्न चाहेको बताएका थिए ।

अहिले रेस्टुरेन्टले आफ्नो वेबसाइटमा बन्द गर्नुपर्ने बेला आएको उल्लेख गरेको छ । स्टेफानु र उनका जुम्ल्याहा भाइ तथा साथी व्यवसायी माइकले सेवाग्राही पर्याप्त नभएकाले बन्द गर्नुपर्ने अवस्थामा आएको उल्लेख गरेका छन् ।

मौसम चिसो भएका कारण पनि रेस्टुरेन्ट बन्द हुन लागेको उनीहरुको भनाईलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Skip This
Logo