जापानका विदेशमन्त्रीले गरे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

जापानका विदेशमन्त्रीले गरे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट


राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

Logo