आउँदो वर्ष साक्षर नेपाल वर्ष : सबैलाई साक्षर बनाइने

आउँदो वर्ष साक्षर नेपाल वर्ष : सबैलाई साक्षर बनाइने


काठमाडौँ

अर्को वर्षबाट संचालनमा आउने साक्षरता नेपाल अभियानमा भर्ना हुने निरक्षरको उमेर समुह परिवर्तन हुने भएको छ । १५ देखि ६० वर्ष उमेर समुहलाई साक्षरता कक्षा संचालन गर्दै आएको सरकारले आगामी वर्ष १५ वर्ष भन्दा माथी उमेर समुहका सबै नागरिकलाई साक्षर बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आउदो बर्षलाई साक्षर नेपाल वर्ष घोषणा गरेको छ । शिक्षा, मानव श्रोत विकास केन्द्रले १५–६० उमेर समूहका निरक्षरलाई साक्षरता कक्षा संचालन गर्ने अवधारणा तयार पारेको थियो । तर मन्त्रिपरिषद्को बैठकले १५ देखि माथि उमेर समूहका सबैलाई साक्षरता कक्षा संचालन गर्ने अवधारणा स्वीकृत गरेको छ । केन्द्रका निर्देशक गेहनाथ गौतमले अवधारणापत्रमा १५ वर्ष भन्दा माथी सबै निरक्षरलाई साक्षर बनाउने कार्ययोजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–अवधारणापत्र तयार गर्दा माथिल्लो उमेर ६० वर्ष तोकिएको थियो तर निर्णय हुँदा १५ भन्दा माथी सबै उमेर समूहलाई साक्षरता कक्षामा समावेश गराउने निर्णय गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo