घरको शुन्यता अभिभावकको लागि खतरनाक, मानसिक रोगको शिकार

घरको शुन्यता अभिभावकको लागि खतरनाक, मानसिक रोगको शिकार


प्रायः बच्चाहरु स्कुले जीवन आफ्नो आमाबुवासँग बसेर नै पुरा गर्छन् । स्कुले पढाइको क्रममा आमाबुवा आफ्नो बच्चालाई स्कुल, ट्युसन पुर्‍याउने ल्याउने काममा दिनभरी व्यस्त हुन्छन् ।

जब बच्चा ठूलो हुन्छन्, उनीहरु बाँकीको पढाई पुरा गर्नको लागि विदेश जान्छन् वा शहर तिर जान्छन् । छोराछोरी घरबाट निस्केपछि घर सुन्य हुन्छ । यो सुन्यता अभिभावकको लागि यति खतरनाक भइदिन्छ कि उनीहरु गम्भीर मानसिक रोग शिकार हुन्छन् ।

अहिले विद्यार्थीहरुको लागि राम्रो करियर र उच्च शिक्षाको लागि विकल्पहरु धेरै हुन्छन् । त्यसकारण स्कुलको पढाइ पुरा हुने वित्तिकै धेरैजसो आफ्नो रुचीको बिषय पढ्न बाहिर जान्छन् ।

यस्तोमा एकातिर अभिभावकलाई आफ्नो छोराछोरीको सफलताको खुशी हुन्छ भने अर्कोतिर एक्लोपनले गाँज्न थाल्छ । यस्तो परिस्थितिबाट कसरी बच्न सकिन्छ । आज हामी त्यसै सन्दर्भमा चर्चा गर्नेछौ ।

घरको सुन्यताः
यस्तोमा अभिभावकहरुलाई आफ्नो बच्चसँगको दूरी स्वीकार्न मुस्किल हुन्छ । बिहान स्कुल पठाउने देखि राती सुत्ने बेलासम्म हरेक समय आमाले उनीहरुको हेरचाह गर्छन् । के खान्छ, उनीहरुले लगाउने कपडा धोएको छ वा छैन्, स्कुलको लागि कतिखेर निस्कने हो जस्ता कुरामा आमा अभ्यस्त भइसकेका हुन्छन् ।

दिनरात बच्चाहरुको चिन्तामा डुबेका हुन्छन् । यस्तोमा जब बच्चाहरु उच्च शिक्षाको लागि घरबाट बाहिर निस्कन्छन् । घरको चहलपहल सबै बन्द हुन्छ । यस्तोबेला आमालाई केही काम नभएको जस्तो महसुस हुन्छ । सामान्यतया बुवाले खुलेर आफ्नो भावना व्यक्त गर्दैनन् । तर उनलाई पनि घरको सुन्यताले भित्रभित्रै खोक्रो बनाइरहेको हुन्छ ।

छोरा छोरीहरुको बिहान बेलुकाको हल्ला, प्रेमले भरिएको गाली गलौजले घरको माहोल खुशीमय बनेको हुन्छ । यस्तोमा अचानक छोराछोरीहरु घरबाट टाढा हुँदा आमाबुवाको मनमा सन्नाटा छाउँछ । आमाबुवालाई यस बदलावले धेरै प्रभावित पारिदिन्छ ।

मानसिक तयारी जरुरीः
बच्चाहरु बाहिर गएपछि आमाबुवाको मनमा जुन उदासीले भरिएको मनोदशाबाट ग्रस्त हुन्छ । मनोविज्ञानको भाषामा यस्तो परिस्थितीलाई ‘एन्टी नेस्ट सिन्ड्रोम’ भनिन्छ । आफ्नो जीवनमा अचानक आउने खालीपनको कारणले डिप्रेसनको शिकार हुन्छ ।

जब बच्चा घर बाहिर उच्च शिक्षाको लागि जान्छ, तब आमालाई आफ्नो बच्चाको जीवनको उद्देश्य नजर आउँदैन् । हुन त महिलाहरु समयको साथ साथ आउने यस बदलावको मानसिक रुपमा तयारी रहन्छन् ।

आफ्नो लागि समय निकाल्नेः
लामो समयसम्म बच्चाको हेरचाहमा दिनरात व्यस्त हुने कारण महिलाहरु आफ्नो लागि समय निकाल्न पाएको हुँदैन् । पढाइ, कोचिङ क्लास र बच्चाको हरेक सुविधालाई ध्यान राख्दा राख्दै समय वित्छ । अब त्यसको लागि उपयुक्त समय हुन सक्छ ।

आफ्नो रुचीको काम गर्ने, आफ्नो स्याहार सुसार गर्ने, आफुलाई मनपर्ने खाना पकाएर खाने, साथिहरुसँग घुम्न जाने, फिल्म हेर्ने जस्ता काम गरेर आफुलाई व्यस्त राख्ने ।

श्रीमान श्रीमतीले एक अर्कासँग क्वालिटी टाइम बिताउनेः
नयाँ गृहस्थीको सुरुवातमा धेरैजसो दम्पती बच्चाको हेरचाहले गर्दा नै वित्छ । त्यसैले चाहेर पनि एक अर्कालाई समय दिन पाइरहेको हुँदैन् । जब बच्चा पढाए लेखाइमा व्यस्त हुन थाल्छन यहि समय श्रीमान श्रीमती एक अर्कालाई समय दिने उपयुक्त समय हुन सक्छ ।

बिहान सँगै मर्निङ वाक जाने व्यायाम गर्ने, योगा गर्ने, खाना बनाउँदासँगै बनाउने, घुम्न जाने त्यस्तै मनपरेको फिल्म हेर्न सकिन्छ । पर्याप्त समय मिल्ने भएकोले स्वास्थ्यको ख्याल राख्न सकिन्छ ।

हरेकको जीवनमा कुनै दिन यो पल अवश्य आउनेछ । यो पललाई यादगार बनाउने कोशिस गर्नुहोस् । दिनरात कडा मेहनत गर्ने आमाबुवा आफ्नो खुशीको लागि पनि जिउने गर्नुहोस् । यस्तोमा घरबाट टाढा भएको बच्चाहरु पनि तनावमुक्त भएर पढ्न सक्छन् ।

Logo