३२ लाख गाडी दर्ता : एक लाखले गराउँछन् प्रदूषण जाँच

३२ लाख गाडी दर्ता : एक लाखले गराउँछन् प्रदूषण जाँच


काठमाडौँ

देशैभर सवारीसाधनको चाप बढ्दै गए पनि प्रदूषण मापदण्ड भने खुकुलो हुँदै गएको छ । यातायात व्यवस्था विभागका अनुसार गतवर्ष देशभर ३२ लाख २१ हजार सवारीसाधन दर्ता भएका छन् । जसमध्ये २५ लाख १२ हजार मोटरसाइकल मात्र दर्ता भएका छन् ।

अहिले चारपांग्रे गाडीको प्रदूषण जाँच हुने गरे पनि मोटरसाइकलको जाँच गर्ने व्यवस्था छैन । सार्वजनिक सवारीसाधनलाई ६ महिनामा एकपटक र निजी गाडीको एक वर्षमा प्रदूषण जाँच गर्ने व्यवस्था छ । प्रदूषण जाँच गर्ने समयावधि लामो भएपछि सवारीसाधनले अत्याधिक प्रदूषण गर्ने गरेका छन् । धुलोमा थप धुवाँ मिसिँदा कार्बनमोनोअक्साइडले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्ने गरेको वातावरणविद्हरूको भनाइ छ ।

यातायात व्यवस्था विभाग प्राविधिक शाखाका प्रमुख यमबहादुर क्षेत्रीले गाडीले धुवाँ फाल्नुमा धेरै कारण हुने बताए । ‘गाडी समय–समयमा मर्मत–सम्भार नहुँदा, स्पेयर पार्टस् गुणस्तरीय नहुँदा, तेल गुणस्तर नहुँदा पनि धेरै धुवाँ फाल्छ,’ उनले भने । कहिलेकाहीँ गाडीमा ओभरलोड हुँदा धेरै धुवाँ फाल्ने क्षेत्रीले बताए ।

सरकारले उपत्यकाका ४ ठाउँमा सवारी प्रदूषण जाँच गर्ने व्यवस्था मिलाएको छ । यातायात व्यवस्था कार्यालय एकतान्तकुना, टेकु, सानो भर्याङ र भक्तपुरको सल्लाघारीमा सवारी जाँच गरिन्छ । गतवर्ष एकान्तकुनाबाट ६५ हजार ४२४ गाडीले जाँच गरेका थिए भने टेकुबाट १२ हजार ९५२ र सानोभर्याङबाट २० हजार ९८४ गाडीको जाँच गरिएको थियो ।
नयाँ पत्रिकाबाट

Logo