प्रदेश नं १ को नाम र राजधानी चाँडै

प्रदेश नं १ को नाम र राजधानी चाँडै


काठमाडौँ

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संसद्को आगामी हिउँदे अधिवेशनबाट प्रदेश नं १ को नामकरण टुङ्गो लगाइने बताउनुभयो ।

“अब केही समयपछि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउँदैछौँ त्यसले प्रदेशको स्थायी राजधानी र नामाकरणका विषय टुङ्गो लगाउनु छ । यी दुवै विषयमा छलफल र बहस व्यापक बनाएका छौँ । लामो समयदेखि बहसको विषय रहेको चुनौतीपूर्ण भए पनि यसलाई सहमतिका आधारमा टुङ्गो लगाउछौँ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको नाम किराँत राख्नेबारे सम्बद्ध निकाय र विज्ञको राय लिइएको र अन्य विचार र भावनालाई पनि आत्मसात् गरी तथ्यपूर्ण र तर्कपूर्ण आधारको जगमा उभिएर नामाकरणका विषयलाई निरुपण गरिने उल्लेख गर्नुभयो ।
रासस

Logo