रबि लामिछानेलाई विवादमा तान्न खोज्दा शुभचिन्तकको आक्रोश (भिडियोमा)

रबि लामिछानेलाई विवादमा तान्न खोज्दा शुभचिन्तकको आक्रोश (भिडियोमा)


काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेलाई विवादमा तान्ने काम सुरु भएको छ । श्रीमतीको विषयलाई लिएर उनलाई विवादमा ल्याउन खोजिएको हो ।

चर्चित टिभी कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत लोकप्रिय बनेका रबिले केही दिनअघि पत्नी इशा लामिछानेसँग डिभोर्स गरेका छन् । २५ वर्ष अगाडि बाधिएका वैवाहिक सम्बन्धलाई उनीहरुले कानूनी रुपमा तोडेका हुन् ।

कानूनी रुपमै डिभोर्स गरेपछि यतिबेला सामाजिक सञ्जालमा उनको चर्को विरोध भईरहेको छ । विशेषगरी उनका विरोधीहरुले त्यस्तो विरोध गरेको देखिन्छ । पत्नी इशाले आफु अन्यायमा परेका प्रतिक्रिया दिएकी छन् । रबिले आफुलाई धोका दिएको भन्दैं मिडिया आएपछि यसको चर्चा चुलिएको हो ।

उक्त कुराको रबिले सामाजिक सञ्जाल मार्फत प्रष्टिकरण दिएका छन् । उनले अमेरिकामा रहेका सबै सम्पत्ति इशा र छोरीहरुको नाममा गरिदिएको बताएका छन् ।

आफु एक पैसा पनि नल्याईकन नेपाल फर्किएको भन्दै उनले दुनियासँग लड्न सकिन्छ तर परिवारसँग लड्न सकिदैंन भन्दै प्रतिक्रिया दिएका हुन् ।

यस विषयमा हामीले विभिन्न सर्वसाधारणको धारणा बुझ्ने प्रयास गरेका छौं । काठमाडौंको बसन्तपुर, न्युरोड लगायत क्षेत्रमा भेटिएका केही सर्बसाधारणको प्रतिक्रिया तलको भिडियोमाः

Logo