मदिरा सेवन गरेर छात्रा जिस्काउने एक डाक्टर पक्राउ

मदिरा सेवन गरेर छात्रा जिस्काउने एक डाक्टर पक्राउ


काठमाडौं । मदिरा सेवन गरेर छात्राहरूलाई ‘र्‍यागिङ’ गर्ने डाक्टर पक्राउ परेका छन्। जानकी मेडिकल कलेज धनुषामा इन्टर्नसीप गरिरहेका डाक्टर राकेश पाण्डे पक्राउ परेका हुन्।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ घर भएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले अंग्रेजी नयाँ वर्षका दिन मदिरा सेवन गरेर छात्राहरूलाई जिस्काएका थिए ।

एमबिबिएस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थी निर्मल कुमार रामलाई गाली गलौज तथा कुटपिट गरी कोठाको कुर्सीसमेत भाँचेको र निज लगायतले नयाँ विद्यार्थीहरुलाई लाईब्रेरी प्रवेश गर्न नदिने, क्यान्टिनमा खाजा खान नदिने जस्ता उजुरी दिएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

पाण्डेले आफ्नो अगाडिबाट हिँड्दा शिर निहु‌र्‍याएर हिड्नुपर्ने, केटीहरुलाई जिस्काउने, कुटपिट गर्ने लगायत मानसिक र शारिरीक यातना हुने गरि र्‍यागिङ गर्ने गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Logo