आपसी मनमुटाव हुँदा श्रीमतीको हत्या

आपसी मनमुटाव हुँदा श्रीमतीको हत्या


परासी । एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ का सुनिल चौधरीले २१ वर्षीया श्रीमती कमला चौधरीको हत्या गरेका हुन् । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् ।

सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान सुनिलले हत्या गरेको रहस्य खुलेको हो । सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेर कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

Logo