सतुंगलको कपास फ्याक्ट्रीमा आगलागी

सतुंगलको कपास फ्याक्ट्रीमा आगलागी


काठमाडौँ

काठमाडौंको चन्द्रागिरि ११ सतुंगलमा एक कपास फ्याक्ट्रीमा आगलागी भएको छ । सतुंगलमा रहेको दीपक कपास उद्योगमा आगलागी भएको हो ।

विहिबार साँझ करिब साढे ७ बजेदेखि लागेको आगो निभाउन उपत्यकामा रहेका तीनै जिल्लाका दमकल तथा पानी ट्याङ्करहरु समेत प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ ।

आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले समेत प्रयास गरिरहेका थिए । आगलागीका कारण मानवीय क्षती भने नभएको र आगलागीको कारण समेत हालसम्म खुल्न नसकेको परिसरले जानकारी दिएको छ । राती अबेर सम्म आगो नियन्त्रणको प्रयास जारी थियो ।

Skip This
Logo